Thursday, October 22, 2015

2015-October-23 Morning Nepali Murli | Friday

06 Kartik 2072 Friday 23-10-2015 Nepali

12074937_1065628940128335_7193096391280761065_n

"मीठे बच्चे— तिमीलार्ई ई देवता बन्नु छ त्यसैले मायाको अव गुणहरुलाई त्याग गर, रिसाउनु, पिट्नु, दुःख दिनु, खराब काम गर्नु, चोरी गर्नु यी सबै महापाप हुन्।"

प्रश्नः— यो ज्ञानमा कुन बच्चाहरु अगाडि जान सक्छन्? घाटा कसलाई पर्छ?

उत्तरः— जसलाई आफ्नो खाता राख्न आउँछ, ऊ यस ज्ञानमा धेरै अगाडि जान सक्छ। घाटा उसलाई पर्छ जो देही–अभिमानी रहँदैन। बाबा भन्नुहुन्छ— व्यापारीहरुलाई खाता राख्ने बानी हुन्छ, उनीहरु यहाँ पनि अगाडि जान सक्छन्।

गीतः— मुखडा देख ले प्राणी………..

ओम् शान्ति।

रुहानी पार्टधारी बच्चाहरुप्रति बाबाले सम्झाउनुहुन्छ, किनकि आत्माले नै पार्ट खेलि– रहेको छ बेहदको नाटकमा। हो त मनुष्यहरुको नै। बच्चाहरुले यस समयमा पुरूषार्थ गरिरहेका छन्। हुन त वेद–शास्त्र पढ्छन्, शिवको पूजा गर्छन् तर बाबा भन्नुहुन्छ— यसबाट कसैले मलाई प्राप्त गर्न सक्दैनन्, किनकि भक्ति हो नै झर्ने कला। ज्ञानबाट सद्गति हुन्छ भने अवश्य कसैबाट झर्छन्। यो एउटा खेल हो, जसलाई कसैले पनि जान्दैन। शिव लिङ्गलाई जब पूजा गर्छन्, त्यसलाई ब्रह्म भनिदैन। त्यसोभए ती को हुन्, जसलाई पूजा गरिन्छ? त्यसलाई पनि ईश्वर सम्झेर पूजा गर्छन्। तिमी जब शुरु–शुरुमा भक्ति शुरु गर्छौ, त्यतिबेला हीराको शिवलिङ्ग बनाउँछौ। अहिले त गरिब भएका छौ त्यसैले ढुङ्गाको बनाउँछौ। हीराको लिङ्ग त्यतिबेला ४, ५ हजारको होला। यतिबेला त त्यसको मूल्य ५–७ लाख हुन्छ। यस्तो हीरा अहिले मुश्किलले पाइन्छ। पत्थरबुद्धि बनेका छौ त्यसैले पूजा पनि पत्थरकै गर्छौ, ज्ञानहीन भएर। जब ज्ञान हुन्छ अनि तिमी पूजा गर्दैनौ। चैतन्य सम्मुखमा हुनुहुन्छ, उहाँलाई नै तिमी याद गर्छौ। जान्दछौ, यादले विकर्म विनाश हुन्छ। गीतमा पनि भनिएको छ— हे बच्चाहरु! प्राणी भनिन्छ आत्मालार्ई। प्राण निस्केपछि फेरि मुर्दा हुन्छ। आत्मा निस्केर जान्छ। आत्मा हो अविनाशी। आत्माले जब शरीरमा प्रवेश गर्छ तब चैतन्य हुन्छ। बाबा भन्नुहुन्छ— हे आत्माहरु! आफूभित्र जाँच गर, कहाँसम्म दैवी गुणहरुको धारणा भएको छ? कुनै विकार त छैन? चोरी आदिको कुनै आसुरी गुण त छैन? आसुरी कर्तव्य गर्नाले फेरि गिर्छाै। उच्च पद पाउन सक्दैनौ। खराब बानीलार्ई ई अवश्य मेटाउनु छ। देवता कहिल्यै कसैसँग रिसाउँदैनन्। यहाँ असुरहरुद्वारा कति मार खान्छन्, किनकि तिमी दैवी सम्प्रदायको बन्छौ भने माया कतिसम्म दुश्मन बन्न पुग्छ। मायाका अवगुणहरुले काम गर्छन्। पिट्नु, कसैलाई दुःख दिनु, नराम्रो काम गर्नु— यी सबै पाप हुन्। तिमी बच्चाहरु त अति शुद्ध रहनुपर्छ। चोरी–चकारी आदि गर्नु त महान् पाप हो। बाबासँग तिमीले प्रतिज्ञा गर्दै आएका छौ— बाबा! मेरो त हजुर नै हुनुहुन्छ, दोस्रो न कोही। हजुरलाई नै याद गर्छु। भक्तिमार्गमा गाउँछन् अवश्य, तर उनीहरुलाई थाहा छैन, याद गर्नाले के हुन्छ? उनीहरुले त बाबालाई जान्दैनन्। एकातिर भन्छन्, नाम–रुपबाट अलग हुनुहुन्छ, अर्कोतिर फेरि लिङ्गको पूजा गर्छन्। तिमीले राम्रोसँग बुझेर फेरि सम्झाउनु छ। बाबा भन्नुहुन्छ— जज गर, महात्मा कसलाई भन्नुपर्छ? श्रीकृष्ण त सानो बच्चा स्वर्गको राजकुमार हुन्, उनी महात्मा हुन् या आजकलको कलियुगी मनुष्य? उनी त विकारबाट पैदा हुँदैनन्। त्यो हो निर्विकारी दुनियाँ। यो हो विकारी दुनियाँ। निर्विकारीलाई धेरै टाइटलहरु दिन सकिन्छ, विकारीको टाइटल के हो? श्रेष्ठाचारी त एक बाबाले नै बनाउनुहुन्छ। उहाँ हुनुहुन्छ उच्चभन्दा उच्च, सबै मनुष्यहरु पार्टधारी हुन् त्यसैले पार्ट निर्वाह गर्न त अवश्य आउनै पर्छ। सत्ययुग हो श्रेष्ठ मनुष्यहरुको दुनियाँ। जनावर आदि सबै श्रेष्ठ हुन्छन्। त्यहाँ माया रावण हुँदैन। त्यहाँ यस्ता कुनै तमोगुणी जनावर हुँदैनन्। भन्दछन्— मयूर–मयुर्नीले विकारबाट बच्चा जन्माउँदैनन्। मयूरको आँसु खस्छ, त्यसलाई मयुर्नीले धारण गर्छे। यसलाई राष्ट्रिय चरा (भारतको) भनिन्छ। सत्ययुगमा पनि विकारको नाम हुँदैन। मयूरको प्वाँख, पहिलो नम्बर, जो विश्वको राजकुमार हुन् श्रीकृष्ण, उनको शिरमा लगाउँछन्। कुनै रहस्य त होला नि। यी सबै कुरा बाबा रिफाइन गरेर सम्झाउनु हुन्छ। त्यहाँ बच्चाहरु कसरी पैदा हुन्छन्, त्यो त तिमीले जान्दछौ। त्यहाँ विकार हुँदैन। बाबा भन्नुहुन्छ— तिमीलाई देवता बनाउँछु त्यसैले आफ्नो जाँच पूरा गर। मेहनत विना विश्वको मालिक कसरी बन्न सक्छौ। 
जसरी तिमी आत्मा बिन्दु हौ त्यसरी नै बाबा पनि बिन्दु हुनुहुन्छ। यसमा अलमलिनुपर्ने कुनै आवश्यकता छैन। कसैले भन्छन् हामी बाबालाई देखौं। बाबा भन्नुहुन्छ— देख्नको लागि त तिमीले धेरै पूजा गरिसक्यौ, फाइदा केही पनि भएन। अब यथार्थ रुपले म तिमीलार्ई ई सम्झाउँछु। ममा सारा पार्ट भरिएको छ। सर्वोच्च आत्मा हुँ नि, सर्वोच्च पिता। कुनै पनि बच्चाले आफ्नो लौकिक पितालार्ई ई यस्तो भन्दैन। एउटैलार्ई ई नै भनिन्छ। संन्यासीहरुको त बच्चा हुँदैन जसले पिता भनून्। उहाँ त सबै आत्माहरुका पिता हुनुुहुन्छ, जसले वर्सा दिनुहुन्छ। उहाँको कुनै गृहस्थ आश्रम त छँदै छैन। बाबा बसेर सम्झाउनुहुन्छ— तिमीले नै ८४ जन्म भोगेका छौ। पहिले–पहिले तिमी सतोप्रधान थियौ फेरि तल उत्रिदै आएका हौ। अहिले कसैले आफूलार्ई सर्वोच्च भन्दैन, अहिले त नीच सम्झन्छन्। बाबा बारम्बार मूल कुरा सम्झाउनुहुन्छ, आफूभित्र हेर हामीमा कुनै विकार त छैन, राती दिनहुँ आफ्नो खाता राख। व्यापारीले सधैंं खाता हेर्छन्। सरकारी नोकरी गर्नेहरुले खाता राख्दैनन्। उनीहरुले त निश्चित तलब पाउँछन्। यस ज्ञानमार्गमा व्यापारीहरु अगाडि जान सक्छन्, पढे–लेखेका अफिसरहरु यति अगाडि जाँदैनन्। व्यापारमा त आज ५० कमायो, भोलि ६० कमाउँछन्। कहिले घाटा पनि पर्छ। सरकारी नोकरी गर्नेहरुको निर्धारित तलब हुन्छ। यो कमाईमा पनि यदि देही–अभिमानी रहेनन् भने घाटा पर्छ। माताहरु त व्यापार गर्दैनन्। उनीहरुको लागि त झन् सजिलो छ। कन्याहरुको लागि पनि सहज छ किनकि माताहरुलार्ई ई त सिँढीबाट उत्रिनुपर्छ। बलिहारी उनैको मानिन्छ जसले यति मेहनत गर्छन्। कन्याहरु त विकारमा गएकै छैनन् भने फेरि छोडून् पनि के? पुरूषहरुलाई त मेहनत गर्नुपर्ने हुन्छ। कुटुम्ब परिवारको सम्हाल गर्नुपर्छ। सिँढी जो चढेका छन्, उत्रिनुपर्ने हुन्छ। घरी–घरी मायाले थप्पड हानेर गिराइदिन्छ। अहिले तिमी बी.के. बनेका छौ। कुमारीहरु पवित्र नै हुन्छन्। सबैभन्दा बढी हुन्छ पतिको पे्रम। तिमीले त पतिहरुका पनि पति परमात्मालार्ई ई याद गर्नु छ, अरु सबैलार्ई ई बिर्सिनु छ। आमा–बुबाहरुको बच्चाहरुप्रति मोह हुन्छ। बच्चाहरु त हुन्छन् नै अन्जान। बिहे गरेपछि मोह हुन शुरु हुन्छ। पहिले स्त्री प्यारो लाग्छ अनि विकारहरुमा धकेल्ने सिँढी शुरु हुन्छ। निर्विकारी भएसम्म कुमारीहरु पुजिन्छन्। तिम्रो नाम हो बी.के.। तिमी महिमा लायक बनेर फेरि पूजा लायक बन्छौ। बाबा नै तिम्रो टिचर पनि हुनुहुन्छ। त्यसैले तिमी बच्चाहरुमा नशा हुनुपर्छ, हामी विद्यार्थी हौं। भगवानले अवश्य भगवान–भगवती नै बनाउनुहुन्छ। केवल सम्झाइन्छ— भगवान एउटै हुनुहुन्छ। बाँकी सबै हुन् भाइ–भाइ, अरु कुनै सम्बन्ध छैन। प्रजापिता ब्रह्माबाट रचना हुन्छ फेरि वृद्धि हुँदै जान्छ। आत्माहरुको वृद्धि हुन्छ भनिदैन। वृद्धि मनुष्यहरुको हुन्छ। आत्माहरु त सीमित संख्यामा छन्। धेरै आइरहन्छन्। जबसम्म त्यहाँ छन्, आइरहन्छन्। वृक्ष बढिरहन्छ, सुकेर जाँदैन। यसको तुलना वरको रुखसँग गरिन्छ। आधार छँदै छैन। बाँकी सारा रुख खडा रहन्छ। तिम्रो पनि यस्तै हो। आधार छँदैै छैन, केही–केही चिन्ह बाँकी छ। अहिलेसम्म पनि मन्दिर बनाउँदै रहन्छन्। मनुष्यहरुलार्ई ई थाहा छैन, देवताहरुको राज्य कहिले थियो। फेरि कहाँ गयो? यसको ज्ञान तिमी ब्राह्मणहरुलार्ई ई नै छ। मनुष्यहरुलार्ई ई यो पनि थाहा छैन, परमात्माको स्वरुप बिन्दु जस्तो छ। गीतामा लेखिदिएका छन्— उहाँ अखण्ड ज्योतिस्वरुप हुनुहुन्छ। पहिले भावना अनुसार धेरैलार्ई ई साक्षात्कार हुन्थ्यो। एकदम सुनौलो प्रकाश देख्थे। भन्थे— म सहन सक्दिनँ। अब त्यो त साक्षात्कार थियो। बाबा भन्नुहुन्छ,— साक्षात्कारबाट कुनै कल्याण हुँदैन। यहाँ त मुख्य हो, याद को यात्रा। जसरी पारो चिप्लिन्छ नि, याद पनि घरी–घरी चिप्लिन्छ। कति चाहन्छन् बाबाको याद गरौं, फेरि अरु अरु ख्याल आउँछ। यसैमा तिम्रो रेस छ। यस्तो होइन, तुरून्त पाप मेटिन्छ। समय लाग्छ। कर्मातीत अवस्था भएपछि त फेरि यो शरीर नै रहँदैन। तर अहिल्यै कोही पनि कर्मातीत अवस्थालार्ई ई पाउन सक्दैन। फेरि उनलार्ई ई सत्ययुगी शरीर चाहिन्छ। त्यसैले अब तिमी बच्चाहरुले बाबालार्ई ई नै याद गर्नु छ। आफूलाई हेर्दै गर— म बाट कुनै खराब काम त हुँदैन? खाता अवश्य राख्नु छ। यस्ता व्यापारी चाँडै धनवान बन्न सक्छन्। 
बाबासँग जुन ज्ञान छ त्यही दिइरहनुभएको छ। बाबा भन्नुहुन्छ— मेरो आत्मामा यो ज्ञान भरिएको छ। हुबहु तिमीलार्ई ई त्यही ज्ञान बोल्छु, जुन ज्ञान कल्प पहिले दिएको थिएँ। बच्चाहरुलार्ई ई नै सम्झाउँछु, अरुले के जानून्। तिमी यो सृष्टिचक्रलार्ई ई जान्दछौ, यसमा सबै कलाकारहरुको पार्ट भरिएको छ। हेरफेर हुन सक्दैन। न कसैले यसबाट छुट्कारा पाउन सक्छ। हो, बाँकी समय मुक्ति मिल्छ। तिमी त अलराउण्डर हौ। ८४ जन्म लिन्छौ। बाँकी सबै आफ्नै घरमा बस्छन् अनि पछि आउँछन्। मोक्ष चाहनेहरु यहाँ आउँदैनन्। उनीहरु फेरि पछि मात्र जान्छन्। ज्ञान कहिल्यै पनि सुन्दैनन्। लामखुट्टेहरु जस्तै आउँछन् अनि जान्छन्। तिमी त ड्रामा अनुसार पढ्छौ। जान्दछौ— बाबाले ५ हजार वर्ष पहिले पनि यसरी नै राजयोग सिकाउनुभएको थियो। तिमी फेरि अरुलार्ई ई सम्झाउँछौ, शिवबाबाले यस्तो भन्नुहुन्छ। अहिले तिमी जान्दछौ— हामी कति उच्च थियौं, अब कति नीच बनेका छौं। फेरि बाबाले उच्च बनाउनुहुन्छ, त्यसैले यस्तो पुरूषार्थ गर्नुपर्छ नि। यहाँ तिमी आउँछौ फेरि ताजा हुन। यसको नाम नै रहेको छ मधुबन। तिम्रो कलकत्ता वा बम्बैमा कहाँ मुरली चलाइन्छ र। मधुबनमा नै मुरली बज्छ। मुरली सुन्नको लागि बाबाको पासमा आउनुपर्छ ताजा हुन। नयाँ–नयाँ ज्ञानका प्वाइन्टहरु निस्किरहन्छन्। अगाडि बसेर सुन्दा त अनुभव गर्छौ, धेरै फरक पर्छ। पछि गएर धेरै पार्टहरु हेर्नु छ। बाबाले पहिले नै सबै सुनाइदिनुभयो भने त स्वादै रहँदैन। बिस्तारै–बिस्तारै इमर्ज हुँदै जान्छ। एक सेकेण्ड मिल्दैन दोस्रोसँग। बाबा आउनुभएको छ रुहानी सेवा गर्न त्यसैले बच्चाहरुको पनि कर्तव्य हुन्छ रुहानी सेवा गर्नु। कमसे कम यति त बताऊ— बाबालार्ई ई याद गर र पवित्र बन। पवित्रतामा नै फेल हुन्छन् किनकि याद गर्दैनन्। तिमी बच्चाहरुलार्ई ई त धेरै खुशी हुनुपर्छ। हामी बेहदका बाबाको अगाडि बसेका छौं जसलार्ई ई कसैले पनि जान्दैन। ज्ञानका सागर उहाँ शिवबाबा नै हुनुहुन्छ। देहधारीसँगबाट बुद्धियोग निकालिदिनुपर्छ। शिवबाबाको यो रथ हो। यिनको सम्मान राखेनौ भने धर्मराजद्वारा धेरै सजायँ खानुपर्नेछ। ठूलोको त सम्मान गर्नुपर्छ नि। आदिदेवको कति सम्मान राख्छन्। जड चित्रको त यति सम्मान छ भने चैतन्यको कति सम्मान राख्नु पर्ला? अच्छा!

मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलार्र्ई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः— 
(१) आफूभित्र जाँच गरेर दैवी गुण धारण गर्नु छ। खराब बानीहरुलाई निकाल्नु पर्छ। प्रतिज्ञा गर्नु छ— बाबा, हामीले कहिल्यै पनि खराब काम गर्ने छैनौं।
(२) कर्मातीत अवस्थालार्ई ई प्राप्त गर्नको लागि यादको रेस गर्नु छ। रुहानी सेवामा तत्पर रहनु छ। ठूलोलाई सम्मान गर्नु पर्छ।

वरदानः— कारणलार्ई ई निवारण गरेर चिंता र भयबाट मुक्त रहने मास्टर सर्वशक्तिवान भव
वर्तमान समयमा अल्पकालको सुखको साथमा चिन्ता र भय— यी दुवै चीजहरु पनि साथ साथै छन्। जहाँ चिन्ता हुन्छ, त्यहाँ चैन हुन सक्दैन। जहाँ भय हुन्छ त्यहाँ शान्ति हुन सक्दैन। त्यसैले सुखको साथमा दुःख अशान्तिको कारण पनि अवश्य छ। तिमी सर्व शक्तिहरुको खजानाले सम्पन्न मास्टर सर्वशक्तिमान बच्चाहरु दुःखको कारणलाई निवारण गर्ने, हरेक समस्यालार्ई ई समाधान गर्ने समाधान स्वरुप हौ, त्यसैले चिन्ता र भयबाट मुक्त छौ। कुनै पनि समस्या तिम्रो अगाडि खेल देखाउन आउँछ, तर्साउन होइन।

स्लोगनः— आफ्नो मनोवृत्तिलाई श्रेष्ठ बनायौ भने तिम्रो प्रवृत्ति स्वतः श्रेष्ठ हुन्छ।

No comments:

Post a Comment