Friday, October 23, 2015

Today Nepali Murli 24-10-2015 Baba Murlis “Saturday”


07 Kartik 2072 Saturday 24-10-2015 Nepali

12140568_878956068867071_7894595938705808759_n

"मीठे बच्चे— यो पुरूषोत्तम संगमयुग कल्याणकारी युग हो, यसमा नै परिवर्तन हुन्छ, तिमी कनिष्टबाट उत्तम पुरूष बन्छौ।"

प्रश्नः—

यस ज्ञान मार्गमा कुनचाहिँ कुरा सोच्दा वा बोल्दा कहिल्यै पनि उन्नति हुन सक्दैन?

उत्तरः—

ड्रामामा रहेछ भने पुरूषार्थ गरिएला। ड्रामाले गरायो भने गरौंला। यो सोच्ने वा भन्नेको उन्नति कहिल्यै हुन सक्दैन। यो भन्नु नै गलत हो। तिमी जान्दछौ— अहिले जो हामीले पुरूषार्थ गरिरहेका छौं, यो पनि ड्रामामा निश्चित छ। पुरूषार्थ गर्नु नै छ।

गीतः—

यह कहानी है दीवे और तूफान की…………..

ओम् शान्ति।

यो हो कलियुगी मनुष्यहरुको गीत। तर यसको अर्थ उनीहरुले जान्दैनन्। यो तिमीले जान्दछौ। तिमी हौ अहिले पुरूषोत्तम संगमयुगी। संगमयुगको साथै पुरूषोत्तम पनि लेख्नुपर्छ। बच्चाहरुलाई ज्ञानको प्वाइन्ट याद नहुनाको कारण फेरि यस्ता–यस्ता शब्द लेख्न भुल्छन्। यो मुख्य हो, यसको अर्थ पनि तिमीले नै बुझ्न सक्छौ। पुरूषोत्तम मास पनि हुन्छ। यो फेरि हो पुरूषोत्तम संगमयुग। यो संगम पनि एक पर्व हो। यो पर्व सबैभन्दा उच्च छ। तिमी जान्दछौ— अहिले हामी पुरूषोत्तम बनिरहेका छौं। उत्तमभन्दा उत्तम पुरूष। उच्चभन्दा उच्च धनवानभन्दा धनवान नम्बरवन भनिन्छ लक्ष्मी–नारायणलाई। शास्त्रहरुमा देखाउँछन्— महाप्रलय भयो। फेरि नम्बरवन श्रीकृष्ण पीपलको पातमा सागरमा आए। अहिले तिमी के भन्छौ? नम्बरवन हुन् यी श्रीकृष्ण, जसलाई श्यामसुन्दर भनिन्छ। देखाउँछन्— औंला चुस्दै आए। बच्चा त गर्भमा नै रहन्छ। त्यसैले पहिले–पहिले ज्ञानसागरबाट निस्किएका उत्तमभन्दा उत्तम पुरूष श्रीकृष्ण हुन्। ज्ञानसागरबाट स्वर्गको स्थापना हुन्छ। उनीहरुमध्ये नम्बरवन पुरूषोत्तम यी श्रीकृष्ण हुन् र यो हो ज्ञानसागर, पानीको होइन। प्रलय पनि हुँदैन। कोही बच्चाहरु नयाँ–नयाँ आउँदा बाबाले फेरि पुराना प्वाइन्टहरु रिपीट गर्नुपर्छ। सत्ययुग–त्रेता–द्वापर–कलियुग….. यी ४ युग त छन्। पाँचौं फेरि हो पुरूषोत्तम संगमयुग। यस युगमा मनुष्य परिवर्तन हुन्छन्। कनिष्ठबाट सर्वोत्तम बन्छन्। जसरी शिवबाबालाई पनि पुरूषोत्तम वा सर्वाेत्तम भनिन्छ नि। उहाँ हुनुहुन्छ नै परम आत्मा, परमात्मा। फेरि पुरूषहरुमा उत्तम हुन् यी लक्ष्मी–नारायण। यिनीहरुलाई यस्तो कसले बनायो? यो तिमी बच्चाहरुले नै जान्दछौ। बच्चाहरुलाई पनि समझमा आएको छ। यस समय हामी पुरूषार्थ गर्छौं, यस्तो बन्नको लागि। पुरूषार्थ कुनै ठूलो छैन। अति सहज छ। सिक्ने पनि छन्, अबलाहरु, कुब्जाहरु, जसले केही पनि पढे–लेखेका छैनन्। उनीहरुको लागि कति सहजै सम्झाइन्छ। हेर अहमदाबादमा एक साधु थिए, भन्थे— हामी केही खाने, पिउने गर्दैनौं। ठिक छ, कोही सारा आयु के खान–पान गर्दैन फेरि प्राप्ति त केही छैन नि। वृक्षलाई पनि खाना त मिल्छ नि। तिनलाई मल पानी आदि प्राकृतिक मिल्छ, जसद्वारा वृक्षको वृद्धि हुन्छ। तिनले पनि कुनै ऋद्धि–सिद्धि पाएका होलान्। यस्ता धेरै छन् जो आगोमा, पानीमा हिँड्छन्। त्यसबाट के फाइदा? तिम्रो त यस सहज राजयोगबाट जन्म–जन्मान्तरको फाइदा छ। तिमीलाई जन्म जन्मान्तरको लागि दुःखीबाट सुखी बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ— प्यारा बच्चाहरु! ड्रामा अनुसार म तिमीलाई गहन कुरा सुनाउँछु। 
जसरी बाबाले सम्झाउनुभएको छ— शिव र शंकरलाई किन मिलाएका हुन्? शंकरको त यस सृष्टिमा पार्ट नै छैन। शिवको, ब्रह्माको, विष्णुको पार्ट छ। ब्रह्मा र विष्णुको अलराउन्ड पार्ट छ। शिवबाबाको पनि यस समय पार्ट छ, जो आएर ज्ञान दिनुहुन्छ। फेरि निर्वाणधाममा जानुहुन्छ। बच्चाहरुलाई जायदाद दिएर स्वयं वानप्रस्थमा जानुहुन्छ। वानप्रस्थी बन्नु अर्थात् गुरूद्वारा वाणीभन्दा पर जाने पुरूषार्थ गर्नु। तर फर्केर त कोही जान सक्दैन किनकि विकारी भ्रष्टाचारी छन्। विकारबाट जन्म त सबैको हुन्छ। यी लक्ष्मी–नारायण निर्विकारी छन्, उनीहरुको विकारबाट जन्म हुँदैन यसैले श्रेष्ठाचारी कहलाउँछन्। कुमारीहरु पनि निर्विकारी छन्— यसैले उनीहरुका अगाडि टाउको टेक्छन्। बाबाले सम्झाउनुभएको छ— यहाँ शंकरको कुनै पार्ट छैन, बाँकी प्रजापिता ब्रह्मा त अवश्य प्रजाको पिता भए नि। शिवबाबालाई त आत्माहरुको पिता भनिन्छ। उहाँ हुनुुहुन्छ अविनाशी पिता, यी गहन कुरा राम्रोसँग धारण गर्नु छ। जो ठूला–ठूला दार्शनिक हुन्छन्, उनीहरुलाई धेरै टाइटल मिल्छ। श्री श्री १०८ को टाइटल पनि विद्वान्हरुलाई मिल्छ। बनारसका कलेजबाट पास गरेर टाइटल लिएर आउँछन्। बाबाले गुप्ताजीलाई यसैले बनारस पठाउनुभएको थियो— गएर उनीहरुलाई सम्झाऊ, बाबाको पनि टाइटल आपूmफूमाथि राखेर बसेका छन्। बाबालाई श्री श्री १०८ जगद्गुरू भनिन्छ। माला नै १०८ को हुन्छ। ८ रत्नको गायन छ। उनीहरु पास विद् अनर हुन्छन् उनीहरुलाई जप्छन्। फेरि उनीहरुभन्दा कम १०८ को पूजा गर्छन्। यज्ञ जब रच्दछन् भने कसैले १००० वटा शालिग्राम बनाउँछन्, कसैले १० हजार, कसैले ५० हजार, कसैले लाख पनि बनाउँछन्। माटोको बनाएर फेरि यज्ञ रच्दछन्। जति–जति सेठ राम्राभन्दा राम्रा हुन्छन्, ठूला सेठ छन् भने लाख बनाउँछन्। बाबाले सम्झाउनुभएको छ माला त ठूलो छ नि— १६१०८ को माला बनाउँछन्। यो तिमी बच्चाहरुलाई बाबाले बसेर सम्झाउनुहुन्छ। तिमी सबै विश्वको सेवा गरिरहेका छौ बाबासँग। बाबाको पूजा हुन्छ भने बच्चाहरुको पनि पूजा हुनुपर्छ, यो जान्दैनन्— रूद्र पूजा किन हुन्छ। बच्चाहरु त सबै शिवबाबाका हुन्। यस समय सृष्टिको कति जनसंख्या छ यसमा सबै आत्माहरु शिवबाबाका बच्चाहरु ठहरिए नि। तर सहयोगी सबै हुँदैनन्। यस समय तिमी जति याद गर्छाै त्यति उच्च बन्छौ। पूजन लायक बन्छौ। यस्तो अरु कसैको तागत छैन जसले यो कुरा सम्झाओस् यसैले भनिदिन्छन् ईश्वरको अन्त्य कसैले जान्दैन। बाबाले नै आएर सम्झाउनुहुन्छ, बाबालाई ज्ञानको सागर भनिन्छ त्यसैले अवश्य ज्ञान दिनुहुन्छ नि। प्रेरणाको त कुरा हुँदैन। भगवानले कुनै प्रेरणाद्वारा सम्झाउनुहुन्छ र! तिमी जान्दछौ— उहाँसँग सृष्टिको आदि–मध्य–अन्त्यको ज्ञान छ। त्यो फेरि तिमी बच्चाहरुलाई सुनाउनुहुन्छ। यो त निश्चय छ— निश्चय हुँदा–हुँदै पनि फेरि बाबालाई भुल्छन्। बाबाको याद, यो हो पढाइको सार। यादको यात्राद्वारा कर्मातीत अवस्था प्राप्त गर्न मेहनत लाग्छ, यसमा नै मायाको विघ्न आउँछ। पढाइमा यति विघ्न आउँदैन। अब शंकरको लागि भन्छन्— शंकरले आँखा खोले भने विनाश हुन्छ, यो भन्नु पनि ठीक छैन। बाबा भन्नुहुन्छ— न मैले विनाश गराउँछु, न उनले गर्छन्, यो गलत हो। देवताहरुले कहाँ पाप गर्छन् र! अहिले शिवबाबाले यो कुरा सम्झाउनुहुन्छ। आत्माको यो शरीर हो रथ। हरेक आत्माको आफ्नो रथमा सवारी छ। बाबा भन्नुहुन्छ— म यसको लोन लिन्छु, यसैले मेरो दिव्य अलौकिक जन्म भनिन्छ। अहिले तिम्रो बुद्धिमा ८४ को चक्र छ। जान्दछौ— अहिले हामी घर जान्छौं, फेरि स्वर्गमा आउँछौं। बाबा धेरै सहज गरेर सम्झाउनुहुन्छ, यसमा हर्टफेल हुनु छैहुनुु छैन। भन्छन्— बाबा हामी पढे–लेखेका छैनौं। मुखबाट केही निस्कँदैन। तर यस्तो त हुँदैन। मुख त अवश्य चल्छ। खाना खान्छौ मुख चल्छ नि। वाणी ननिस्कियोस्, यो त हुन सक्दैन। बाबाले धेरै सहज सम्झाउनुभएको छ। कोही मौनमा रहन्छन् भने पनि माथि इसारा दिनु छ— उहाँलाई याद गर। दुःख–हर्ता सुख–कर्ता उहाँ एकै दाता हुनुहुन्छ। भक्तिमार्गमा पनि दाता हुनुहुन्छ भने यस समयमा पनि दाता हुनुहुन्छ फेरि वानप्रस्थमा त छ नै शान्ति। बच्चाहरु पनि शान्तिधाममा रहन्छन्। पार्ट निश्चित छ, जो कर्ममा आउँछ। अहिले हाम्रो पार्ट हो— विश्वलाई नयाँ बनाउने। उहाँको नाम बडो राम्रो छ— हेभनली गड फादर। बाबा रचयिता हुनुहुन्छ स्वर्गको। बाबाले नर्क कहाँ रच्नुुहुन्छ! पुरानो दुनियाँ कसैले रच्छन् र! भवन हमेसा नयाँ बनाइन्छ। शिवबाबाले नयाँ दुनियाँ रच्नुहुन्छ ब्रह्माद्वारा। यिनलाई पार्ट मिलेको छ— यहाँ पुरानो दुनियाँमादुनियाँमा जति पनि मनुष्य छन्, सबैले एक अर्कालाई दुःख दिइरहन्छन्। 
तिमी जान्दछौ— हामी शिवबाबाका सन्तान हौं। फेरि शरीरधारी प्रजापिता ब्रह्माका बच्चा भए मुख वंशावली। हामीलाई ज्ञान सुनाउने हुनुहुन्छ शिवबाबा रचयिता, जसले आफ्नो रचनाको आदि–मध्य–अन्त्यको ज्ञान सुनाउनुहुन्छ। तिम्रो लक्ष्य–उद्देश्य हो नै यस्तो बन्नु। मनुष्यहरु हेर कति खर्च गरेर मार्बल आदिका मूर्तिहरु बनाउँछन्। यो हो ईश्वरीय विश्व विद्यालय, वल्र्ड युनिवर्सिटी। सारा विश्वलाई परिवर्तन गरिन्छ। उनीहरुका जति पनि आचरण छन् सबै आसुरी। आदि–मध्य–अन्त्य दुःख दिने हुन्। यो हो ईश्वरीय विश्व विद्यालय। ईश्वरीय विश्व विद्यालय एउटै छ, जो ईश्वर आएर खोल्नुहुन्छ, जसद्वारा सारा विश्वको कल्याण हुन्छ। तिमी बच्चाहरुलाई अब सही र गलतको समझ मिल्छ अरु कोही मनुष्य छैनन् जसले बुभूmन्। सही र गलतलाई बुझाउने एउटै राइटियस हुनुुहुन्छ, जसलाई सत्य भनिन्छ। बाबाले नै आएर हरेकलाई राइटियस बनाउनुहुन्छ। राइटियस बनेपछि फेरि मुक्तिमा गएर जीवनमुक्तिमा आउँछन्। ड्रामालाई पनि तिमी बच्चाहरुले जान्दछौ। आदिबाट लिएर अन्त्यसम्म पार्ट खेल्न नम्बरवार आउँछौ। यो खेल चलि नै रहन्छ। ड्रामा सुट हुँदै जान्छ। यो सदा नयाँ हुन्छ। यो ड्रामा कहिल्यै पुरानो हुँदैन, अरु सबै नाटक आदि विनाश भएर जान्छन्। यो बेहदको अविनाशी ड्रामा हो। यसमा सबै अविनाशी पार्टधारी छन्। अविनाशी खेल वा मण्डप हेर कति ठूलो छ। बाबा आएर पुरानो सृष्टिलाई फेरि नयाँ बनाउनुहुन्छ। त्यो सबै तिमीलाई साक्षात्कार हुन्छ। जति समीप आउँछौ फेरि तिमीलाई खुशी हुन्छ। साक्षात्कार गर्नेछौ। भन्नेछौ अब पार्ट पूरा भयो। ड्रामा फेरि रिपीट हुनु छ। फेरि नयाँ सुरुवातबाट पार्ट खेल्छौ, जो कल्प पहिले खेलेका छौ। यसमा अलिकति पनि फरक पर्न सक्दैन यसैले जति हुनसक्छ तिमी बच्चाहरुले उच्च पद पाउनुपर्छ। पुरूषार्थ गर्नु छ, अलमलिनु छैन। ड्रामाले जे गराउनु छ त्यो गराउँछ— यो भन्नु पनि गलत हो। हामीले त पुरूषार्थ गर्नु नै छ। अच्छा!

मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको याद–प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः—
१) पढाइको सार बुद्धिमा राखेर यादको यात्राद्वारा कर्मातीत अवस्था प्राप्त गर्नु छ। उच्च, पूजनीय बन्नको लागि बाबाको पूरा–पूरा सहयोगी बन्नु छ। 
२) सत्य बाबाद्वारा सही गलतको जुन समझ मिलेको छ, त्यसद्वारा सत्य बनेर जीवन बन्धनबाट छुट्नु छ। मुक्ति र जीवनमुक्तिको वर्सा लिनु छ। 

वरदानः— त्याग, तपस्या र सेवा भावको विधिद्वारा सदा सफलता स्वरुप भव :
त्याग र तपस्या नै सफलताको आधार हो। त्यागको भावना भएकाहरु नै सच्चा सेवाधारी बन्न सक्छन्। त्यागबाट नै स्वयं र अन्यको भाग्य बन्छ। दृढ संकल्प गर्नु— यही तपस्या हो। तपस्या र सेवा भावबाट अनेक हदका भावहरु समाप्त हुन्छन्। संगठन शक्तिशाली बन्छ। एउटाले भन्यो अर्काेले ग¥योगर्यो, कहिल्यै पनि तँ म, मेरो तेरो नआओस् अनि सफलता स्वरुप, निर्विघ्न बन्छौ।

स्लोगनः— संकल्पद्वारा पनि कसैलाई दुःख नदिनु— यही सम्पूर्ण अहिंसा हो।

No comments:

Post a Comment